पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीबाट नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास 

radionepal

भुवन प्रसाद आचार्य । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । 

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने सुरुङमागको चन्द्रागिरी नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गर्नुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा निर्माण शुरु गरिएको सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको छ । 

त्यसका लागि जाइकाले १६ अर्ब सहयोग गर्ने र छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सडक मार्ग निर्माणको नयाँ चरणमा प्रवेश गरेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई छिटो सम्पन्न गर्न प्राथमिकता दिएर काम अघि बढाएको उल्लेख गनुहुदैं सुरुङ मार्ग पनि समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले अन्य सडक आयोजनाहरु र सुरुङ मार्ग निर्माणका लागि अध्ययन अघि बढाएएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले यस वर्ष मात्र २ सय ४६ पक्की पुल निर्माण गरेको र कालोपत्रे सडक पनि अहिले सम्मकै धेरै निर्माण भएको बताउनु भयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सरकारले मुलुकका प्रमुख राजमार्गहरुको स्तरोउन्ननी गर्ने र सुरुङ मार्गको निर्माणलाई प्राथमिकता दिएर अघि बढाएको बताउनु भयो ।

नेपालका लागि जापानी राजदुत हासि मिगो सागोले नेपालको पहिलो सडक सम्बन्धी सुरुडमार्ग निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्दै सुरङ मार्गले नेपाल र जापान बीचको सम्बन्धलाई अझ बदियो बनाउन मद्धत गर्ने बताउनु भयो ।

सुरुङमार्ग निर्माण ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको पनि नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्ग समेत निर्माण गरिने भएको छ । 

सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।