पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषि आधुनिकीकरण परियोजनाद्वारा दुई जोन थप

आशिषकुमार यादव, सुनसरी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुनसरीमा दुई वटा जोन थप गरेको छ । 

परियोजनाले सुनसरीका विभिन्न गाउँपालिका र नगरपालिकामा बंगुर जोन र तरकारी जोन थप गरेको हो । 

जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपलिका, रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकामा बंगुर जोन कार्यक्रम र तरकारी जोनका लागि देवानगंज, बर्जु र हरिनगरको नाम प्रस्ताव गरिएको परियोजना कार्यन्वयन इकाई सुनसरीले जनाएको छ ।