पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

३ महिनाको अवधिमा वीरगञ्जबाट ४८ अर्ब राजश्व असुली

ध्रुव अधिकारी, वीरगञ्ज । मुलुककै प्रमुख नाका मध्येको वीरगञ्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाहले चालु आर्थिक वर्ष २०७६–०७७ को ३ महिनाको अवधिमा ४८ अर्ब २४ करोड ७३ लाख रुपैया राजस्व असुली गरेका छन् । 

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा वीरगञ्जका दुई भन्सार कार्यालयले लक्ष्य भन्दा करिब १७ अर्ब रुपैँया कम राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार (आइसिपी) ले लक्ष्य भन्दा १४ अर्ब र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य भन्दा करिब ३ अर्ब रुपैया कम राजस्व असुली गरेका छन् । 

दुवै भन्सार नाकाबाट भारत तथा तेश्रो मुलुकबाट हुने आयातमा गिरावट आएसँगै राजस्व असुलीमा कमी आएको वीरगञ्ज भन्सारका सूचना अधिकारी मनीषकुमार महतोले जानकारी दिनुभयो । 

यसैगरी, ड्राईपोर्ट भन्सारले पनि चालू आर्थिक वर्षका लागि तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत कम अर्थात् ९ अर्ब ६२ करोड मात्र राजश्व असुली गरेको छ ।