पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अनुशासित र मर्यादित भएर प्रस्तुत हुन खेलाडीलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिनुभएको छ ।

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग चिन पुग्नु भएका उपपप्रधानमन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिनुभयो ।

चीनका रक्षामन्त्री वीइ फिङको निमन्त्रणामा रक्षामन्त्री पोखरेल चीन जानुभएको हो । इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । 

प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । विश्वका सैनिकबीच हुने यस खेल प्रतियोगितालाई ठूला तथा शक्ति राष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । 

खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले यस प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार बाट शरु भएको प्रतियोगीतामा नेपालले १३ विधामा प्रतिष्पर्धा गर्दैछ ।