पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश सरकारद्वारा अपाङ्ग कृषकलाई आर्थिक सहयोग प्रदान

सुर्खेत । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अपाङ्गता भएका सुर्खेतका कृषकलाई अनुदान स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । 

अपाङ्गता भएका व्यक्तिलाई कृषि पेशामा आकर्षित गर्न मन्त्रालयले अपाङ्ग समाजलाई तीन लाख ३० हजार अनुदान प्रदान गरेको हो । 

मन्त्रालय र अपाङ्ग समाज सुर्खेतबीच भएको सम्झौता अनुसार अपाङ्ग समाजमा आबद्ध १० घरधुरीका कृषकलाई च्याउखेती गर्न चाहिने सामग्री खरीदका लागि सो अनुदान रकम उपलब्ध गराइएको हो । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आत्मनिर्भर अर्थतन्त्रका लागि समाजका सबै वगलाई कृषिमा प्रोत्साहित गरेर खाद्यान्न उत्पादनको अवस्थामा सुधार ल्याउन लागिएको बताउनुभयो ।