पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उम्मेदवार सिफारिश गर्न कात्तिक १० सम्मको समय

तुलसी सापकोटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उपनिर्वाचन हुने सबै स्थानका उम्मेद्वार नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारको हकमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले तीन जनाको नाम कात्तिक १० गते भित्र सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ ।

जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएका उम्मेदवारको अन्तिम निर्णय केन्द्रले गर्ने छ ।

बैठकले स्थानीय तह तथा गाउँ र नगर कमिटीको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा सम्बन्धित गाउँ नगर र जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटीलाई दिएको बैठक पछी नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिनुभयो ।

वडाका उम्मेदवारको हकमा सम्बन्धित वडा र सम्बिन्धत गाउँ वा नगर कमिटिको सिफारिसमा  जिल्ला कमिटीले उम्मेद्वार चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेकपा सचिवालय बैठकले पार्टीको संगठन विभागको सदस्य नेताहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय गरेको छ ।  यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई तोकेको थियो ।