पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘ग्लोबल हंगर इन्डेक्स’मा भारतभन्दा नेपाल अगाडि

भुवन आचार्य । यसपटकको ‘ग्लोबल हंगर इन्डेक्स’ (जिएचआई) मा नेपालले भारतलाई पनि उछिनेको छ ।

‘ग्लोबल हंगर इन्डेक्स’ मा रहेका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा पुगेको छ ।

‘ग्लोबल हंगर इन्डेक्स’ मा तल पर्नुको अर्थ हुन्छ– तल परेका देशका बासिन्दाले पेटभरि खान पाउँदैनन् । यतिमात्र होइन यसले बाल मृत्युदर धेरै रहेको, बालबालिकाको उचाइअनुसार वजन (बडी मास इन्डेक्स) नरहेको र बालबालिका कुपोषित रहेको समेत जनाउँछ ।

यी सबै मामिलामा भारतको स्थिति दक्षिण एशियाली राष्ट्रहरुमा श्रीलंका नेपाल, बंगलादेश र पाकिस्तानभन्दा पनि खराब रहेको उक्त इन्डेक्सले देखाएको छ ।

इन्डेक्सको सूचीमा श्रीलंका ६६ औं स्थानमा, बंगलादेश ८८ औं स्थानमा र पाकिस्तान ९४ औं स्थानमा रहेको छ । दक्षिण एशियाली राष्ट्रमा भारतभन्दा पछाडि अफगानिस्तान मात्र रहेको छ । 

अफगानिस्तान इन्डेक्सको १०८ औं स्थानमा रहेको छ । माल्दिभ्स इन्डेक्समा समेटिएको छैन भने भुटानबारे तथ्यांक नपाएको कुरा इन्डेक्समा उल्लेख गरिएको छ ।

भारत एशियाको तेश्रो ठूलो अर्थतन्त्र भएको देश हो र दक्षिण एशियाको त सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो तर पनि भारत एशियाको मात्र नभएर दक्षिण एशियाली राष्ट्रमध्ये पनि पुछारमा परेको छ । 

इन्डेक्सका अनुसार बाल मृत्युदर, पोषण र पेटभरि खान पाउने मामिलामा श्रीलंका, नेपाल, बंगलादेश र पाकिस्तानको स्थिति भारतको भन्दा राम्रो छ ।