पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डेढ किलो चाँदीका तयारी गहनासहित एक पक्राउ

जलेश्वर : महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आज करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।

अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक किलो २४० ग्राम चाँदीका पायल, सिक्री र औँठीलगायतका तयारी गरगहनासहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चाँदीका गहना र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।