पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र चीनबीच २० वटा सम्झौता र समझदारीमा हस्ताक्षर

radionepal

काठमाण्डौ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज विभिन्न २० वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति सीको नेतृत्वमा भएको द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको वार्तापछि दुई देशबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा ती सम्झौता तथा समझदारीपत्रमा दुबै देशका मन्त्री तथा अधिकारीहरुले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा सुरुङमार्ग निर्माणदेखि नेपाल–चीन अन्तरदेशीय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन पनि समेटिएको छ ।

बैठकमा नेपाल–चीन बहुआयमिक सम्बन्धका सबै पक्षहरुमा छलफल भएको थियो । दुई देशबीच विगतमा भएका सन्धि तथा सम्झौताको कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।