पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

अच्युत अर्याल । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ मतदाताको नामावली स्वीकृत गरेको  आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनुभयो ।

स्वीकृत नामावली अनुसार महिला मतदाता २ लाख ३३ हजार ४ सय २, पुरुष मतदाता २ लाख २० हजार ७ सय १० र अन्य लिङ्गी मतदाता २ जना रहेका आयोगले जनाएको छ ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र तोकेको प्रवक्ता शर्माले बताउनुभयो ।

आगामी मंसिर १४ गते प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि निर्वाचन हुन लागेको हो ।