पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जुम्लाको अर्को पहिचान घोडा दौड प्रतियोगिता (तस्बिर सहित)

    

जुम्ला ।  दशैको फुलपातिको दिन शनिवार जुम्ला सदरमुकाम खलंगामा रहेको राजा सिममा घोडा दौड प्रतियोगिता आयोजना गरिन्छ ।
यो बर्षपनि जुम्लाामा घोडा दौड प्रतियोगिता सम्पन्न भयो । करिब २२ वर्षपछि जुम्लामा चौथो घोडा दौड प्रतियोगिता गरिएको हो । कर्णाली स्र्पोट क्लबले विगत तीनवर्षदेखि यहाँ घोडा दौड गर्दै आइरहेको छ ।

जुम्लाको परम्परागत संस्कृति संरक्षणका लागि दशकौ पछि घोडा दौडको आयोजना गरिएको हो । परम्परादेखि जुम्लामा हुदै आएको घोडा दौड विगतका केही वर्षमा रोकिएको थियो । २०५४ सालमा सालमा जुम्ला विमानस्थल कालोपत्रे भएदेखि हुन छाडेको घोडा दौड करिब २२ वर्षपछि पुन भएको कर्णाली स्र्पोट क्लबका अध्यक्ष सरोज शाहिले बताए । हरेक वर्ष फूलपातिको दिन जुम्ला एयरपोटको धावनर्मागमा घोडा दौड हुन्थ्यो । तर धावनमार्ग कालोपत्रे भएपछि घोडा दैड हराउँदै गएको थियो ।

२२ वर्ष पछि कर्णाली स्पोर्ट क्लवले जुम्लामा घोडा दौड प्रतियोगिताको आयोजना गर्दा हजारौ जुम्ली घोडा व्यवसायीको सहभागिता रहेको थियो । दशकौपछि घोडा दौड हुँदा गाउँगाउँबाट हेर्न आउनेको घुईचो थियो । दुई दशक पछि जुम्लामा सडक संजाल जोडिएको थिएन । त्यतिबेला जुम्लाका सबै सरकारीकार्यालयका कर्मचारीदेखि हाकिमहरु घोडा चढेरै आउथे । जसले गर्दा घोडा पालन, घोडको व्यापार देखि लिएर दशैको फुलपातीमा घोडा दौडको आफ्नै महत्व थियो । तर २०५४ सालपछि एयर्पोट कालोपत्रे गरेदेखि प्रतियोगिता हुन छाडेपछि कर्णाली स्र्पोट क्लबले विगत तीन वर्षदेखि परम्परागत सस्कृतिमा आधारित घोडादौडलाई पुनर्जिवित गर्दा सम्पुर्ण जुम्ली खुसी भएको सस्कृत विद रमानन्द आर्चायले बताए । उनका अनुसार यसलाई निरन्तरा दिएर पुस्तान्तरणमा जोड दिनुपर्छ ।

यसपालीको घोडा दौडमा करिब ३७ घोडाको सहभागिता रहेको थियो । जसमा तीन विद्यामा प्रतियोगिता गराइएको थियो । जसमा प्रथम गुठिचौर गाउँपालिका का प्रयाक ऐडि, दितृतिय चन्दननाथ नगरपालिकाका कालिका बुढ्थापा र तृतिय एकराज थापाका घोडा भएका छन् । प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने घोडालाई क्रमशः पाँच हजार तीन हजार र दुई हजार नगर पुस्कार दिएको क्लबका अध्यक्ष सरोज शाहिले बताए । उनका अनुसार प्रमाण पत्र मेडल लगायत सबै सहभागी घोडालाई पनि पुरुस्कृत गरिएको छ ।

जुम्ली घोडादौडको एतिहास

आजभन्दा करिब २२ वर्ष अगाडि जुम्लामा घोडा दौड हुने गरेको मैले सुनेको छु मात्रै । देखेको छैन् । हरेक वर्ष दशैको फुलपातीका दिन जुम्लामा घोेडाको दौड हुन्थ्यो । तातोपानी गाउँपालिका २ का ७० वर्षिय रविलाल बुढा भन्छन्, २०५४ साल तिर आफुले घोडा दौड प्रतियोगितामा स्वर्ण पदक जितेको थिए । घोडा दौड जुम्लाको एक ऐतिहासिक संस्कृति र पहिचान हो । फूलपाती आउनेवित्तिकै त्यसबेला सबैभन्दा पहिले सम्झिने पहिलो कुरा भनेकै घोडा दौड हो ।

त्यस्तै, एघार वर्षको उमेरदेखि सत्तरी वर्षको उमेरसम्म झण्डै ५९ वर्ष घोडाको व्यापार गरेका जुम्ला, सिंजा, घोडेगांका ८४ वर्षीया विर्षसिंह खत्री जुम्लामा घोडा दौड संग जोडिएको जुम्लीको मोह, संस्कृति संरक्षणको चासो अहिले जस्तै लाग्ने बताउँछन् । उनले पनि फुलपातीका दिन ३÷४ पटक घोडा दौड जितेका रहेछन् । त्यतिबेला जुम्लामा घोडाको व्यापार, पुलपातीमा घोडामय हुने जुम्ला र जुम्ली घोडाको महत्वलाई अहिले सम्झीन्छन् ।

सधै ईष्टमित्रको घरमा जाँदा पनि घोडा चड्ने दिन हराए, अहिले एउटा घोडा काहि देख्ना वित्तिकै चढेर फोटा खिचाउने ताती लाग्छ । उ बेला सरकारी कर्मचारी कार्यालय आउँदा, हुलाकी गाउँमा जाँदा, पनि घोडा चढेर जाने जुम्लाको जिउँदो एतिहासलाई ८४ वर्षिय विर्षसिंह खत्रीले बताए । तर करिब २२ वर्ष भयो जुम्लामा घोडा दौड हुन नसकेको । जसले गर्दा जुम्लाको फुलपाती खल्लो हुने उनीहरु बताउँछन् ।

२०५४ साल अघि जुम्ला एरपोटमै घोडा दौड हुन्थ्यो, ९सिंजा पानसय असी र चौधबीस० चारै भेगका घोडा व्यवसायीहरु सदमरकाम आएर घोडा दौडाएर जुम्लीलाई मनोरञ्जन दिलाउँथे । कम्तीमा पनि १ लाख मानिसको सहभागिता रहन्थ्यो । तर २०५४ सालमा एयर्पोट कालोपत्रे भएदेखि जुम्लामा घोडा दौड हुन छोड्यो । एएरपोर्ट कालोपत्रे गर्ने वर्ष अब घोडा दौड कहाँ हुन्छ होला रु सोच्दै दुई दशक बित्दा पनि जुम्लामा घोडा दौड हुन सकेन् । बुझदै जाँदा उतिबेला प्रशासनको आयोजनामा प्रतियोगिता हुने रहेछ । सरकारी कार्यालय प्राय सबैका घोडा हुने हुनाले पनि प्रतियोगिता प्रशासनकै अगुवाइमा हुने गरेको देखिन्छ । एएरपोर्ट कालोपत्रे भएपछि प्रशासन कार्यालयले विकल्प दिन नसकेको घोडा सम्बन्धि जानकारहरु बताउँछन् ।

दुई दशकपछि घोडा दौडको महामेला

२०५४ साल देखि हुन नसकेको घोडा दौड २२ वर्षपछि पुन हुन थालेको छ । जुम्लामा फुलपातीका दिन घोडा दौडलाई यहाँका आठै स्थानीय तहले महामेलाका रुपमा गर्ने तयारी गरेका छन् । कर्णाली स्र्पोट क्लबको पहल र आठै तहको सहयोगमा गत वर्षबाट घोडा दौड शुरु गरिएको कर्णाली स्र्पोट क्लबका अध्यक्ष सरोज शाहिले बताए । उनले भने, जुम्लाको मौलिक सास्ंकृति रहन सहन संग जोडिएको घोडा दौडलाई पुन जिवित गर्न सबै जोशिएका छन् । गत वर्ष गरिएको घोडा दौडमा करिब २ सय बढि घोडा सहभागी थिए ।

भने, करिब ५० हजार जात्रु थिए । दुई दशक पछि परम्परा जोगाउन घोडा दौड गर्दा स्याबासी दिने बृद्धहरुको लर्को थियो । जुम्लाका सास्कृति विद रमानन्द आर्चाय भन्छन, घटस्थापनाको दिनबाट स्कुल विदा हुने वित्तिकै दशैं आयो भन्ने हुन्थ्यो । फुलपातीका दिन घोडा दौड नभए सम्म दशै लागेको महशुस पनि हुन्थेन । तर दुई दशकपछि घोडादौड शुरु भयो, अव पुर्खाहरुको परम्परा पनि जोगिने संकेत देखियो ।
२२ वर्ष पछि गत वर्ष घोडा दौड प्रतियोगिता पुनः संचालन हुँदा घोडा पालक किसानहरु र घोडाका व्यापारीहरुले देखाएको उत्साहबाट पनि अनुमान लगाउन सकिन्छ त्यतिबेला फुलपातीमा घोडादौडको परम्परागत महत्व कति रहेछ भनेर रु घोडालाई दौडमा सहभागि गराउनु पहिले मन्दिरमा गई पुजा गराउने, चाम भिराउने, कल्ली हाल्ने, सबै फिट गरेपछि प्रतियोगितामा आउँथे । जितेर जानेलाई गाउँमा पञ्चेबाजा सहितको सम्मान हुन्थ्यो ।

घोडा दौडको लोक प्रियता

२०६२ सालको अन्तिमसम्म पनि जुम्लामा मोटर पुगेको थिएन । सडक खुलेपनि मालबाहक गाडीका रुपमा टयाक्टर आए । तर सामान्य नागरिकको पहुँचमा थिएन । त्यसपछि पनि लामो समय सहायक रोडहरु पनि खुलेनन्् । त्यस्तो अवस्थामा यहाँका सरकारी कार्यालयका आफ्नै मोटर, गाडी हुने त कुरै थिएन ।

त्यसैले मोटरबाटो खुलेको करिब एक दशकसम्म पनि सरकारी कार्यालयका यातायताको साधन घोडा नै थिए । त्यसैमा सवार हुन्थे सरकारी कार्यालयका हाकिमहरु, कर्मचारीहरु । त्यसैले पनि जुम्लामा घोडाको लोकप्रियता अहिले पनि कम भएको पाईदैन् । जागिरबट रिटार भएकाहरु घोडा सवार गरी कार्यालय जानुको मज्जा बेग्लै रहेको सुनाउँछन् । प्रायः हरेक सरकारी कार्यालयमा घोडा हुन्थे । सबै सरकारी कार्यालयले घोडा पाल्थे । यातायातका गतिला र भरपर्दा साधान भनेकै घोडा थिए ।

भने हुलाकीहरु गाउँघरमा चिठी पुराउन पनि घोडामा चडेरै जान्थे । आज पनि मोटर नपुगेको जिल्ला हुम्ला र डोल्पा लगायत सहायक सडक नखुलेका ठाउँमा घोडा लोकप्रियनै छन् । हाम्रा पालानमा घोडा दुई हिसाबले लोक प्रिय थियो । पहिलो फुलपातीमा दौडाउने सोखिन र दोस्रो सवार गर्न, सामान ढुवानी गर्न निकै लोक प्रिय हो । तर बीचमै घोडादौड हुन छोडेपछि यसको व्यापार देखि मोह ह्वात्तै घटेको तातोपानी २ कै घोडा व्यवसायी विर बुढा बताउँछन् । तर गत वर्षबाट पुन दौड शुरु भएपछि घोडा व्यापार फेरी फष्टाएको छ । गत वर्षमात्रै उनले ३५ वटा घोडा विक्री गरेका छन् ।

जुम्लीघोडाको व्यापार भारतसम्म

जुम्ला, सिंजा ८४ वर्षीया विर्षसिं खत्रीले जुम्लाका प्रसिद्ध घोडा व्यापारी हुन् । पञ्चायतकालमा जुम्ला घुम्न आउनेलाई उजी फ्रिमा घोडा चढाएर घुमाउथे । उनले सरकारी कार्यालयका हाकिम, घोडा चड्ने सौख भएका सौखिन धनाड्यलाई यातायातको साधन बनाएर ढुवानीको व्यापार गर्ने व्यापारी सबैलाई घोडा बेचेका छन् । उनका ग्राहक जुम्ला मुगुदेखि भारतसम्मका छन् । १५÷२० वर्ष पहिले बेचेका घोडाहरु रारामा अहिले पर्यटक बोकिरहेका छन् ।

यसै क्रममा उनी भारतको पीथौरागडसम्म पनि पुगेका छन् । दुई, चार वर्ष अगाडि जुम्लाका घोडा व्यापारीहरु भारत गएको बेला त्यहाँका एकजना मान्छेले पचास वर्ष अगाडि बृर्षसिंह खत्रीबाट घोडा किनेको कुरा गर्दा छक्कै परेको उनका सहयात्री तिर्थ खत्रीले बताए । घोडा व्यापारको क्रममा जुम्लाका घोडा व्यापारीहरु चीन, भारत र नेपालको थुपै ठाउँहरुमा पुगेका छन् ।

चीनको खासा र सिमाना आसपासका ठाउँ, भारतको बागेश्वर, खराली, गलदम, पीथौरागढ आदि ठाउँहरु जुम्ली घोडाका बजार हुन् । नेपालको दाँङ, राजापुर, जोल्जी, डोल्पा, रुकुम, रोल्पा लगाएतका ठाउँहरुमा जुम्ली घोडाको व्यापार हुन्छ । त्यसै क्रममा अन्य जातका घोडाहरु क्रस भएर जुम्ली घोडामा फरक जातको विकास भएको लामो समयदेखि घोडा व्यापार गर्दै आएका चन्दननाथ नगरपालिका सातका जयकृष्ण धरालाको भनाई छ ।

नेपाल ब्रिटिस युद्वको बेला बर्दिया लगाएतको भू–भाग भारतमा पथ्र्यो । पछि जंग बहादुर राणाले लखनउ बिद्रोहलाई दबाउन बेलायती उपनीवेशवादीलाई सहयोग गरेपछि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नयाँ मुलुकको रुपमा नेपालले फिर्ता पायो । घोडा व्यापारी जयकृष्ण धराराले भने, त्यसरी फिर्ता पाएको भू–भागलाई लामो समयसम्म पनि भारत नै मानिएको रहेछ । त्यतिबेला सिमना पार गर्दा घोडाचेढर गार्डलाई पछि राखेर जादा भारतीय पक्ष कायर हुन्थे । उनले थपे, भारतको हरियाणा देखि गुजरात सम्म पनि घोडाको व्यापार फष्टाएको बताए ।

जुम्ली घोडाको विशेषता

जुम्ली घोडा आकारमा मध्यम खालको हो । तर यसको विशेषता संसारभरीका घोडाहरुको भन्दा फरक खालको छ । यसले तराइको चर्को गर्मी सहन सक्छ । भने, पहाडको हावाहुरी छल्न सक्छ र हिमालको चिसो सिरेटोमा पनि राम्रैसंग खप्न सक्छ । यो संसारभर पाइने घोडाहरुमा बलियो घोडा हो ।

यसको विकास नै यहीँबाट भएको हो भनेर यहाँका बुढापाकाहरु बताउँछन् । तर घोडा दौडमा जाँदा उत्कृष्ट हुने घोडा खरिदको माग उहिबेलै हुन्थ्यो । २०५२/५३ मा २५÷३० हजारमा घोडा बेच्नु भनेको अहिलेको एक करोड बराबर हो । तर २०५४ सालपछि घोडाको मोह घट्यो, व्यापार सुक्यो कारण दौड नहुने हुनाले । तर गत वर्षबाट घोडा दौडको महामेला हुन थालेपछि फेरी जुम्ला घोडामय हुने विश्वास गरिएको घोडा व्यापारी धनकृष्ण धरालाले बताए ।

२० वर्षपहिले एक हजार बढी घोडाहरु निकासी हुने गरेको भए पनि त्यसपछिका वर्षहरुमा यो संख्या क्रमश घट्दै गयो । तर प्रत्यक वर्ष दौड भएमा घोडा खोज्दै साहुहरु घरमै आउँछन् । पछिल्लो समय जहाँ मोटरबाटो पुगेको छैन, जहाँ घोरेटो र डोरेटो बाट मात्र छ त्यहीँ मात्र घोडा उपयोगी भएको छ । अलकत्रा हालेको बाटोमा घोडा चिप्लिने, लड्ने डर बढी हुन्छ ।

स्थानीय सरकारले घोडापालनमा जोड दिने

करिब २२ वर्षपछि २०७५ सालमा भएको घोडा दौडले परम्परा धान्न, संस्कृति जोगाउन र घोडा व्यापार फष्टाउन घोडा दौड कोशे ढुंगा रहेछ । लामो समयछि भएको दौडमा जुम्ली घोडाको मोह, जुम्लाबासीको सहभागिताले गर्दा यसलाई पुनविजित गर्न स्थानीय सरकार बाध्य भएको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए ।

उनले भने, घोडा दौडलाई सांस्कृतिक पर्वको रुपमा विकास गर्न र यसै अवसरमा पर्यटक भित्र्याउने लगाएतको महत्वपूर्ण काम गर्न अब स्थानीय सरकारले लगानी गर्ने उनको प्रतिबद्धता छ । गतवर्ष भएको भन्दा यसपालीको फुलपातीर्मा घोडा दौड प्रतियोगितामा सहभागी हुनेको संख्या बढाउन प्रचार प्रशारमा जोड दिईने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

भने यहाँका आठै स्थानीय तहले घोडा व्यापारलाई प्रर्बद्धन तथा फुलपातीमा घोडा दौडलाई निरन्तरता दिन आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भने, यता कर्णाली स्र्पोट क्लबका अध्यक्ष सरोज शाहिका अनुसार यसपालीको फुलपातीमा घोडा दौड गर्न तयारी अन्तिम चरणमा पुगेको छ ।

चार वटा विधामा प्रदान गरिएका दश वटा ट्रफी सबै काठबाट बनाइएका कलात्मक घोडाहरु पुरस्कारका रुपमा दिने तयारी छ । प्रचारप्रशार गरी जुम्ली घोडा दौडलाई प्रर्बद्धन गरिने लक्ष्य लिइएको छ ।

स्थानीए स्रोत, साधन प्रयोग गरी बनाइएका हुन् । यी सबै ट्रफी चन्दननाथ चारका भक्त बहादुर सार्कीले बनाएका घोडाहरु पुरस्कार दिने उनको भनाई छ त्यसैले यसपालीको फूलपातीमा आयोजना हुने घोडा दौड प्रतियोगिता संस्कृति संरक्षणको साथसाथै स्थानीय स्रोत, साधन, श्रम र सीपको उपयोग गरिने छ ।