पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन्ः नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरष्ठि नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताउनुभएको छ । 

पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । 

नेता नेपालले दुई तिहाइको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले देखाउने उल्लेख गर्नुभयो ।