पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘विकासको अभियानमा मिलेर अगाडि बढौँ’

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।

बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिरको आज उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गर्नुभयो ।