पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डीपीएल फागुनमा हुने 

धनगढी । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)को चौथो संस्करण फागुनमा आयोजना हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज विज्ञप्ति जारी गर्दै प्रतियोगिता फागुन १५ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । टी –२० फर्म्याटमा हुने प्रतियोगितामा ६ वटा सहरका फ्रेन्चाइजी टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडीको छनोट अक्सनबाट हुनेछ ।

सबै टिमले तीनजनासम्म विदेशी खेलाडी खेलाउन पाउनेछन् । अक्सनमार्फत खेलाडी अनुबन्ध गरी आयोजना सुरू भएको यो नेपालको पहिलो ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हो । प्रतियोगिताको विजेताले ३० लाख जित्नेछ । गत संस्करणको उपाधि सिवाईसी अत्तरियाले जितेको थियो ।