पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनको मूल्य फेरि बढ्यो 

काठमाडौं । सुनको मूल्य फेरि बढ्न थालेको छ । बिहीबार प्रति तोला सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । 

बिहिबारको लागि प्रति तोला सुनको मूल्य ७० हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बुधवार प्रति तोला सुनको मूल्य ६९ हजार आठ सय रुपैयाँ रहेको थियो । यसअघि सुनको मूल्य ७३ हजार पाँच सय रुपैयाँसम्म उक्लिएको थियो ।