पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घरेलु मदिरा उत्पादनगर्ने ट्याँकीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु

बीरगंज । बारा जिल्लाको फेटा गाउँपालीका वाडा नम्बर ४ बतरामा अबैध घरेलु मदिरा उत्पादन गर्ने ट्याँकीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० बर्षिय जोगा मुखिया बिन,निजकी श्रीमती ३५ बर्षिया लालमुनि देबी,१२ बर्षिया छोरी सुमनी देबी मुखिया,भाई ३० बर्षिय महेन्द्र मुखिया बिन र बाबा भनिने एकजना भारतीय नागरीक रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमकालागी अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याईएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोख्रेलले बताउनुभयो ।

घटना बुधबार रातको करीब ८.३० बजे भएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो ।