पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देश विकासमा सबै दलबीच सहकार्य आवश्यकः प्रवक्ता श्रेष्ठ

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि सबै दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ । 

आज मकवानपुरको हेटौँडामा आयोजित प्रदेश नम्बर ३ का पत्रकारको भेलामा प्रवक्ता श्रेष्ठले मुलुकको परराष्ट्र नीति र शिक्षा नीति तथा विकासको ठोस योजनामा आम सहमति हुनु आवश्यक रहेको बताउनुभयो । 

प्रवक्ता श्रेष्ठले देश विकासको बाधकका रूपमा रहेको असारे विकासको अवधारणा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।