पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चितवन मेडिकल कलेजले ३० दिनभित्र शूल्क फिर्ता गर्ने 

शिशिर सिंखडा, चितवन । चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क ३० दिनभित्र फिर्ता गर्ने सहमति भएको छ । 

आज बिहानदेखि जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा शुल्क फिर्ता गर्ने अथवा समायोजन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

भोलीदेखि नै विद्यार्थीको आन्दोलन स्थाथित हुने र पठनपाठन सूचारु हुने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

मेडिकल कलेजका सञ्चालक हरीश न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्द, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको हो ।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प भएको थियो ।

कलेजको २६ वटा संकायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । 

कलेजले, सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने विद्यार्थीको माग छ ।