पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन’

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ । 

आज इलाममा आयोजित कार्यक्रममा नेता नेम्वाङले संविधानमा संशोधन नहुने भनेर कहीँ कतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने बताउनुभयो ।

नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्र गतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।