पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साफ यु–१८ पुरुष फुटबलः नेपाल र माल्दिभ्स बराबरी

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएको छ ।

हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

पहिलो हाफमै पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गोल गरेको हो । नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा नेपालले आधा दर्जन गोलको प्रयास गरेपनि माल्दिभ्सका गोलरक्षक हसन अलिफले उच्च प्रदर्शन गरेर नेपालको लगातारको आक्रमणलाई जोगाए ।

खेलको १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैले सहजै गोल गरेका थिए । 

त्यसअघि खेलको दोस्रो मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले अफसाईड दिएका थिए ।