पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फिफा बरियतामा नेपाल १६१ औं स्थानमा

अजय बम । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सेप्टेम्बर महिनाको फिफा बरियतामा ५ स्थान सुधार गरेको छ । अघिल्लो महिना १ सय ६६ औं स्थानमा रहेको नेपाल १ सय ६१ औं स्थानमा पुगेको हो । 

दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत एक स्थान तल झर्दै १ सय ४ औं स्थानमा छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५३ औं स्थानमा छ ।

नेपालपछि भुटान १ सय ८५ औं स्थानमा छ । ५ स्थान खसेको बंगलादेश १ सय ८७ औं स्थानमा छ । २ सय २ औं स्थानमा श्रीलंका र २ सय ३ औं स्थानमा पाकिस्तान रहेका छन् । 

बरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । फ्रान्सले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ ।