पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘यू–१८ च्याम्पियनसिप फुटबलको तयारी पुरा’

काठमाडौं । नेपालमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फाले पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने बताएको छ । पाकिस्तानको घरेलु समस्याका कारण साफमा सहभागिता नजनाउने बताएको हो । 

जसका कारण प्रतियोगितामा ६ टिमको सहभागिता हुने भएको छ ।

हल्चोकस्थित सशत्र प्रहरीको एपीएफ मैदानमा हुने च्याम्पियनसिप असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । पाकिस्तान नआउने भएपछि च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । 

च्याम्पियनसिपका लागि माल्दिभ्सको टिम नेपाल आईसकेको छ भने बाँकी टिम केही दिनमा आइपुग्ने एन्फाले जनाएको छ । 

प्रतियोगिताको समूह ए मा नेपाल सहित माल्दिभ्स, भुटान छन् । जसमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । समूह बी मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । 

साफ च्याम्पियनसिपको अर्को संस्करण पनि बंगलादेशमा हुने भएको छ । मलेसियामा बसेको साफको कार्यसमिति बैठकले यो निर्णय गरेको हो ।

गतवर्ष सेप्टेम्बरमा बंगलादेशमा आयोजित च्याम्पियनसिप यसपटक पाकिस्तानमा हुने पूर्व तयारी रहेको थियो । तर साफ बैठकले आयोजनाको जिम्मेवारी बंगलादेशलाई सुम्पिएको हो । प्रतियोगिता सेप्टेम्बर २०२० मा आयोजना हुनेछ ।