पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली महिला फुटबल टिम फाइनलमा

अजय बम । ताजिकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टिम किर्गिजस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पहिलो खेलमा आयोजक किर्गिजस्तानलाई ८–२ ले हराएको नेपालले मंगलबार ताजिकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाललाई जित दिलाउनका लागि सावित्रा भण्डारीको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको थियो । खेलको ८६ औं मिनेटमा सावित्राले गोल गरेकी थिइन ।

यो जितसँगै नेपाल फाइनलमा पुगेको छ । प्रतियोगिताको फाइनल विहीबार हुनेछ । उज्वेकिस्तानले फाइनल यात्रा पक्का गरिसकेको छ । 

यसअघिका दुई खेलमा जित हात पार्दै उज्वेकिस्तान फाइनलमा पुगेको हो । उज्वेकिस्तानले ताजिकिस्तानलाई १२–० ले हराएको थियो ।