पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालद्वारा युएई १ सय ६० रनले पराजित

अजय बम । एसीसी यू–१९ एसिया कपमा नेपालले अन्तिम खेलमा यूएईलाई एक सय ६० रनले पराजित गरेको छ । 

जितसँगै नेपालले एसिया कपमा जितका साथ प्रतियोगिता सकेको छ भने विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६५ रन बनायो । नेपालको इनिङमा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । 

आशिफ शेख  ५३, सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले २२ रन बनाए । कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पुर्याएका थिए । कमलले ४१ रन बनाए । राशिद खानले ४४ रन बनाए । 

जवाफमा यूएई ३४ ओभर चार बलमा एक सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । 

बलिङमा नेपालका सागर ढकालले तीन तथा रसिद खान, सूर्य तामाङ र पवन सराफले दुई दुई विकेट लिए । त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन ।