पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चीनबाट नेपाललाई गुणात्मक सहयोग पुग्ने विश्वास : प्रचण्ड(भिडियो सहित)

radionepal

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यी र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

चिनिया बिदेशमन्त्री वाङसँगको भेटपछि अध्यक्ष प्रचण्डले दुई देशबीचको शदियौं लामो सम्बन्धलाई आजको परिस्थितिमा अझ सुदृढ बनाउने, नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकारको सहयोग र नेपालको अपेक्षा र दुई सरकारबीचको सहकार्य र सहयोगका क्षेत्रको विस्तार र दुई पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयोे ।

भेटका अवसरमा चिनिया विदेशमन्त्री वाङले सकारात्मक र उत्साहपूर्वक विचार व्यक्त गर्नुभएको र अब नेपाल र चीनको सम्बन्ध र चीन सरकारबाट नेपालको आर्थिक सहयोगमा मात्रात्मक मात्र नभई गुणात्मक बृद्धि हुने अपेक्षा आफुले गरेको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।