पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल उज्वेकिस्तानसँग पराजित

अजय बम । कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग पराजित भएको छ ।

कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा नेपाली टिमले केही दबाव दिएको थियो । पहिलो खेलमा कीर्गिस्तानलाई आठ दुईले पराजित गरेको नेपाल सोमबार उज्वेकिस्तान विरुद्ध भने केही दबाबमा देखियो ।

सुरुवाती १० मिनेट केही दबाबमा देखिएको नेपालले त्यसपछि आफ्नो पकड जमाएको थियो । जसमा उसले दुई वटा सुन्दर गोलको अवसरलाई गुमायो ।

तर ३४ औं मिनेटमा उज्वेकिस्तानले खेलमा अग्रता बनायो । उसका लागि काराजितले गोल गरिन । त्यसपछि ४१ औ मिनेटमा नेपालले फ्रिकिक पाएको थियो । सो सो प्रहार पोष्ट माथिबाट बाहिरीयो । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्वेकिस्तानले ५० औं मिनेटमा सफिना रुस्खानीयाल दोस्रो गोल गरिन् । नेपालले खेलमा फर्कन धेरै प्रयास गरेको थियो तर गोल गर्न सकेन । जसका कारण नेपालले दुई शुन्यको हार ब्यहोर्यो ।