पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले जिम्बाब्बे र सिंगापुरसँग टी–ट्वान्टी श्रृंखला खेल्ने

अजय बम । नेपाली राष्ट्रिय टोलीले जिम्बाब्बे र सिंगापुर सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी श्रृंखला सेप्टेम्बर २७ बाट अक्टोबर तीन तारिख सम्म खेल्ने भएको छ ।

सिंगापुर क्रिकेट संघको आयोजनामा हुने श्रृंखला इन्डियन एसोसिएसन मैदानमा हुनेछ । सबै टोलीले एक अर्कासँग दुई दुई खेल खेल्ने छन् । यसअघि सिंगापुर क्रिकेट संघले यो प्रतियोगिता गर्ने जनाएपनि मिति तय गरेको थिएन ।

नेपाली टोलीले ओमानमा हुने पाँच देश सम्मिलित ट्वान्टी ट्वान्टी प्रतियोगिता पनि खेल्ने कार्यक्रम रहेकोले सिंगापुरबाट नै ओमन तर्फ लाग्ने छ । ओमनमा हुने प्रतियोगिता अक्टोबर पाँचबाट शुरु हुनेछ । 

जसमा नेपालसहित नेदरल्याण्ड, आयरल्याण्ड, हङकङ, ओमानको सहभागिता रहनेछ । नेपालसहित ५ राष्ट्रले आगमी अक्टोबर ५ देखि १० सम्म ओमानमा हुने टि २० सिरिजमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् । 

नेपालले ६ अक्टोबरमा हङकङ, ७ अक्टोबर नेदरल्यान्ड, ९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ ।