पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रहरी समायोजन विधेयक, २०७६ तथा  नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रस्तुत गर्नुभएको भूमि सम्बन्धी आठौं संशोधन विधेयकm २०७५ र वन तथा वातावराण मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको वन विधेयक, २०७५ माथिको विचार गरियोस प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।
बैठकमा सेफगाडर््स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ्ग विधेयक २०७५ टेवुल गरिएको छ । 
राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको प्रशासकीय अदालत विधेयक, २०७६ लाई प्रतिनिधिसभाको बैठकबाट सम्बन्धित समितिको संशोधन सहित पारित भएको जानकारी गराइएको थियो ।
बैठकको शुरुमा सांसद बलराम बाँस्कोटाले भारतको काश्मीरका सन्दर्भमा नेपालको धारणा माग गर्नुभयो ।
सांसद रामपृत पाश्वानले प्रदेश नम्बर दुईलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी राहत र पुर्नस्थापनाको प्याकेज ल्याउन माग गर्नुभयो । 
सासंद युटोल तामाङले सूचना र सञ्चारको पहुँचको अभावमा कर्णाली प्रदेशको अवस्था थाहा पाउन कठिन भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रमेशजंग रायमाझीले विपक्षीको पनि अस्तित्व स्वीकार गरेर संविधानको कार्यान्वयमा जान र संविधानको मर्म अनुसार समाज परिवर्तन गर्ने गरी अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १२ विहिवार दिउसो १ बजे बस्ने छ ।
तुलसी सापकोटा, रेडियो नेपाल