पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भीरबाट  खसेको ढुङ्गा लागेर एकजनाको मृत्यु, सातजना घाइते

सिन्धुपाल्चोक । भीरबाट खसेको ढुङ्गा लागेर सिन्धुपाल्चोकको लिदीमा एकजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २, लिदिमा हाइड्रोपावरको क्याम्पमा बसिरहेको बेला भीरबाट खसेको ढुँगा लागेर बर्दियाको बराइयापाल गाउँपालिका घर भइ हाइड्रोपावरमा काम गर्दै आएका  ३१ बर्षिय अनिल बिकको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको उहाँले बताउनुभयो ।
देवराज सुवेदी, रेडियो नेपाल