पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजश्व छली गरेको आरोपमा १५ जनाविरुद्ध मुद्दा

अर्जुन श्रेष्ठ । राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ रुपैयाँ राजश्व छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले चार जना सरकारी कर्मचारीसहित १५ जनाविरुद्ध मुद्दा चलाएको छ । 

विभागले राजश्व छली गरेको आरोपमा उनीहरु विरुद्ध ४७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
 
अनुसन्धानका क्रममा चार जना सरकारी कर्मचारीसहित १५ जनाविरुद्ध राजश्व छली मुद्दा चलाइएको विभागका निर्देशक राजीव पोखरेलले जानकारी दिनुभयो । 
    
विभागले हिमालयन कार्गो तथा वनबोरी माता ट्रेडर्सका मुख्य कारोवारी विनोदकुमार गुप्तासहित, मधुकुमारी गुप्ता, रवीन्द्रकुमार गुप्ता र चार सरकारी कर्मचारीसहित १५ जनाविरुद्ध बिगो असुल उपर गर्न राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार सजायको माग दाबी गरिएको छ । 

राजश्व छली आरोपमा नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारी बटुकृष्ण अधिकारी, सुवास श्रेष्ठ, वसन्त सुवेदी र देवीबहादुर थापा निलम्वनमा परिसकेका छन् ।