पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१७ किलोमिटर दूरीमा ७ जलविद्युत् आयोजना

रोशन तिवारी, पर्वत । पर्वतको मोदीखोलाको १७ किलोमिटर दूरीमा ७ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । 

दुई आयोजनाले विद्युत उत्पादन दिईरहेका छन् । दुईवटा विद्युत उत्पादन गर्ने अन्तिम चयारीमा र ३ वटा निर्माणाधिन रहेका छन् । 

मोदीखोलामा निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका ७ जलविद्युत् आयोजनाबाट १३० मेगावाट जलविद्युत् उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

हाल सञ्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । सबै आयोजनामा गरेर स्थानीय एक हजार भन्दा बढि यूवाले रोजगारी पाएका छन् । 

मोदीखोला र युनाइटेड मोदी–१ आयोजनाबाट स्थानीय तह र प्रदेश सरकारले  २५।२५ प्रतिशत र केन्द्र सरकारले ५० प्रतिशत रोयल्टी पाउने गरेका छन् ।