पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पार्टी एकताको विषयमा अब विवाद छैनः अध्यक्ष प्रचण्ड

अजय कुमार झा, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषयमा अब कुनै विवाद नरहेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले धनुषाको जनकपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै पार्टी एकता नचाहने शक्तिले शुरुदेखि नै दुष्प्रचार गर्ने गरेको र आफ्नो भनाईलाई पनि गलत किसिमले व्याख्या गरेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी एकता सफल भएसँगै देशलाई सफल बनाउने अभियानमा अब सम्पूर्ण पार्टी पंक्ति एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले वर्तमान नेकपाको सरकार पाँच वर्ष नै चल्ने बताउनुभयो । 

उहाँले, पार्टीमा सहमति भएमा वर्तमान प्रधानमन्त्री केपी ओली नै प्रधानमन्त्री पदमा निरन्तर रहनु हुने बताउनुभयोे ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले जनताको अपेक्षा तथा चाहना अनुसार अझै गति बढाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले पार्टी विधि, विधान तथा पद्धति अनुसार चल्नु पर्नेमा विगतमा पनि वरिष्ठताको निर्धारण गर्दा गल्ति भएको र अहिले पनि गल्ति दोहोरिएको बताउनुभयो ।

नेता नेपालले सचिवालय गठनमा कतिपय बरिष्ठ नेताहरुलाई छुटाईएको र कनिष्ठहरुलाई मौका दिइएको बताउनुभयो ।