पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल विधुत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान 


संजय बिश्वकर्मा/ रेडियो नेपाल 
लहान । नेपाल विधुत प्राधिकरणको २४ औं वार्षिकोत्सवको उपल्यक्षयमा  शाखा कार्यालय  लहान सिरहाले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी लहानको सहयोगमा  २६ जना कार्यालयका कर्मचारी र सेवाग्राहीले रक्तदान गरेको नेपाल विधुत प्राधिकरण शाखा कार्यालय लहानका प्रमुख बिष्णु प्रसाद यादवले जानकारी दिनुभएको छ । 
प्रमुख यादवका अनुसार क्यारमबोर्ड , घैटाफोर , म्युजिकल चेयर प्रतियोगिताका साथै कार्यालयको वरिपरी सरसफाई समेत गरेको बताए   ।