पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एसीसीद्वारा २०२० को लागि क्यालेन्डर सार्वजनिक

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ ।

एसीसीले फेबुअरीमा वेस्टर्न रिजन टि–२० छनोट आयोजना गर्नेछ । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरेबिया र युएई रहेका छन् । 

विजेता टोली अगष्टमा हुने एसिया टि–२० क्वालिफायर खेल्न पाउने छ । प्रतियोगिता कुन देशमा हुने त्यो भने टुङ्गो लाग्न बाँकी छ ।

मार्चमा थाईल्यान्डमा ईस्टर्न रिजन टि–२० प्रतियोगिता हुने छ । प्रतियोगितामा आयोजक थाईल्यान्ड सहित नेपाल, भुटान, चीन, मलेसिया, म्यानमार, हङकङ र सिंगापुर छन् । 

शीर्षस्थानमा रहने टोलीले अगष्टमा मलेसियामा हुने टि–२० क्यालिफायरमा सहभागिता जनाउन पाउने छ ।

क्वालिफायरमा इस्टर्न र वेस्टन रिजनका विजेता सहित अन्य दुई टोली गरी कुल ४ टोलीबीच प्रतिस्पर्धा हुने छ । जसबाट विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टि–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छ । 

एसिया टि–२० एक क्वालिफायर भएर आएको टिमसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।