पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा सचिवालय बैठक बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगन भएको हो । 

बैठक भोली अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनका कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम बाँकी रहेको छ ।