पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पूँजी बजार तथा मुद्रा बजार अध्ययन उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले पूँजी बजार तथा मुद्रा बजारसँग सम्बन्धित समस्या र समाधानका लागि गर्नुपर्ने कार्य लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन पेश गर्न पूँजी बजार तथा मुद्रा बजार अध्ययन उपसमिति गठन गरेको छ ।
समितिका सदस्य रामकुमारी झाँकीको संयोजकत्वमा गठित उपसमितिका सदस्यहरुमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबुकुमार यादव र हेमकुमार राई रहनुभएको छ ।
उपसमितिले पूँजी बजार तथा मुद्रा बजारसँग सम्बन्धित समस्या, समस्या सिर्जना हुनुका कारण, सम्बन्धित निकायबाट भइरहेका काम कारवाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यवस्थापकीय लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको मितिले दुई महिनाभित्र पेश गर्ने अर्थ समितिले जनाएको छ ।
समितिको आजको बैठकमा वित्तीय क्षेत्रको विद्यमान अवस्था र वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्रको ब्रोकर लाइसेन्स प्रदान गर्न भए गरेका निर्णय, सूचना, परिपत्र तथा भावि योजना लगायका विषयमा छलफल गरी उपसमिति गठन गरिएको हो ।
बैठकमा अर्थ सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।