पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा सचिवालय बैठक बिहिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ ।
विवादित विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगन भएको हो । 
नेकपाका सचिवालय सदस्य झलनाथ खनालका अनुसार, बैठक बिहिबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास, बालुबाटारमा बस्ने भएको छ ।
नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको बताइएको छ ।
नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन बाँकी रहेको छ ।
रासस