पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित छजना पक्राउ

रुकुम । विप्लव समूहका रुकुमपूर्वका जिल्ला सेक्रेटरी सहित छजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सिस्ने गाउँपालिका ८, डाँडागाउँका ३८ वर्षीय देविलाल पुन, सोही ठाउँका  ४५ वर्षीय मोहनलाल कार्की, सिस्ने ७, नाथिगाटका ४० वर्षीय लिलाराम बुढा, सिस्ने ३, पोखराका ४५ वर्षीय धनबहादुर बिक, भूमे ६, महतका ४० वर्षीय रामकुमार बुढा र महतकै ४२ वर्षीय हिका बुढा रहेका छ्न् । 
केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ । 
मेगराज खड्का, रेडियो नेपाल