पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धनुषामा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना हुने 

अजय कुमार झा, जनकपुरधाम । धनुषामा नेपाली सेनाको सहकार्यमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्रको स्थापना हुने भएको छ । 

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नंं ५ महेन्द्रनगरमा रहेको नेपाली सेनाको श्री नाथ गण भित्र नै सर्पदंश उपचार केन्द्रको निर्माण हुने भएको छ । 

आज एक कार्यक्रमका वीचमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारले सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास गर्नुभएको छ ।

उपचार केन्द्र निर्माणमा नगरपालिकाले १ करोडको उपकरण प्रदान गर्ने, तथा यूएनडीपीले १ करोड २६ लाख २६ हजार रुपैया खर्च गर्ने छ ।

९ महिनामा २० संैयाको नयाँ भवन बन्ने  लागेको मेयर पञ्जियारले जानकारी दिनुभयो ।