पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चोरी मुद्दाका फरार दुईजना अभियुक्त पक्राउ

बीरगञ्ज । चोरी मुद्दामा फरार रहेका दुईजना अभियुक्तलाई बीरगञ्जबाट आज प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत, पर्साले चोरीेको अभियोगमा जनही एक महिना कैद र रु. ४९ हजार ८४० जरिवाना तोकेका फरार अभियुक्त बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ निवासी २६ बर्षिय अजिर रावत पक्राउ परेका दुबैजनालाई कैद भुक्तानीका लागि जिल्ला अदालत, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । 
यसैबीच, पर्सा प्रहरीले बिन्दवासनीस्थित सडक खण्डबाट चेकजाँचको क्रममा अबैध लागूऔषध फेनारगन, नुरफिन, डाईजेल्याब १८० पिस सहित दुईजनालाई पक्राउ गरेको छ । 
ना ५ प २३१३ नम्बर मोटरसाइकल चढी भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा पर्साको बहुदरामाई नगरपालिका ८, बिश्रामपुर बस्ने २९ बर्षिय हबिबउलाह देवान र २४ बर्षे संजय पटेललाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ परेका दुबैजनामाथि आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
धु्रव अधिकारी, रेडियो नेपाल