पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निजगढ विमानस्थलको निर्माण स्वदेशी लगानीमा नै गरिने : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलको निर्माण स्वदेशी लगानीमा नै गरिने बताउनुभएको छ । 
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बसेको वैठकमा पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणका सम्बन्धमा लगानी बोर्डसँग छलफल भइरहेको र इच्छुक लगानीकर्ताहरुको सहभागितामा विमानस्थल निर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाइने बताउनुभयो । 
मन्त्री भट्टराईले विमानस्थल निर्माणका लागि वनक्षेत्र लिनुअघि वृक्षारोपण र  त्यहाँका प्रभावित वासिन्दालाई उचित ठाउँमा स्थानान्तरण गर्नका लागि सम्वन्धित स्थानमा गएरै छलफल गरिने बताउनुभयो । 
मन्त्री भट्राईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आगामी मंसीरमा गरिने जानकारी दिनुभयो । 
वैठकमा समितिका सदस्यहरुले पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि निजगढ विमानस्थल निर्माण कार्यलाई तीब्रता दिनुपर्ने, स्थानीय वासिन्दाको सन्तोषजनक पुनस्र्थापन हुनुपर्ने, विमानस्थल निर्माणको  मोडालिटि तत्काल तयार गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो । 
सिर्जना थापा, रेडियो नेपाल