पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फाप्लु विमानस्थलमा परीक्षण उडान

सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ ।
चीनमा निर्मित विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।
चौध सीट क्षमता भएको जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानकारी दिनुभयो । 
विमानले झण्डै १० दिनको अवधिमा पूर्वका भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उहाँको भनाइ छ ।
रासस