पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘शिक्षा क्षेत्रको रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने’

अजय बम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रको रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले विज्ञहरूको सुझावका आधारमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझिसकेको र सङ्घीय शिक्षा ऐनसँगै नयाँ शिक्षा नीति तर्जुमा गर्न लागेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभयो ।