पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तीन विधेयक सर्वसम्मतीले पारित 

तुलसी सापकोटा, काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकले तिनवटा विधेयक पारित गरेको छ । बैठकले प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय विधेयक र वातावरण संरक्षण विधेयक– २०७६ पारित गरेको हो । 

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ती विधेयक पारित गरियोस भनि प्रस्तुत गर्नु भएको छुट्टाछुट्टै प्रस्तावलार्इं बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले प्रस्तुत गर्नु भएको विरुवा संरक्षण पहिलो संशोधन विधेयक र बिउ विजन दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्विकृत गरेको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले प्रस्ताव गर्नुभएको राष्ट्रिय खेलकुद विकास विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्विकृत गरेको छ । बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले भूमि सम्बन्धी आठौं संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो । 

यसअघि बैठकमा सडक दुर्घटना न्युनिकरण, वाढी पहिरोका कारण अवरुद्ध सडक सूचारु गराउने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । 
सांसदहरुले गत शुक्रवार मुग्लिन सडक खण्डको त्रिशुली नदिमा भएको दुर्घटना र वर्षेनी उक्त सडक खण्डमा हुने सवारी दुर्घटनामा परी सयौं मानिसले ज्यान गुमाउने गरेको भन्दै सडक सुक्षाको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसदहरुले वाढी पहिरो डुवानपछि फैलिएको माहामारिका कारण स्वास्थ्य समस्या वढेको र डेङ्गु रोगले माहामारीको रुप लिइरहेको भन्दै यसलाई नियन्त्रणमा ल्याउन र स्वास्थ्य उपचारको प्रभावकारी प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन २८ गते मंगलवार दिउँसो १ वजे बस्ने छ ।