पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सामुदायिक वन प्रणाली वन संरक्षणको महत्वपूर्ण आधारशिला’

विद्याप्रसाद उपाध्याय । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक वन प्रणाली वन संरक्षणको महत्वपूर्ण आधारशिला भएको बताउनु भएको छ ।

चौथो सामुदायिक वन दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न वन जंगल संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपालले छोटो समयमै वन क्षेत्रमा गरेको प्रगतिबाट विश्व समुदायले पाठ सिक्नुपर्ने बताउनुहुदैं सामुदायिक वनको गठनले वन क्षेत्रले ओगटेको क्षेत्रफल वृद्धि हुनु सकारात्मक रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले वैज्ञानिक वन व्यवस्थापनबाट जनतालाई आत्मनिर्भर र मुलुक समृद्धिको अभियानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तीबहादुर बस्नेतले भावि सन्ततीलाई समेत ध्यानमा राखेर वनको दिगो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

उहाँले वन ऐनमा उपभोक्ता समितीका अधिकारलाई कटौती नगरिने बताउदैं सबैको सुझावका आधारमा वन ऐन जारी हुने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितीका सभापति पूर्णाकुमारी सुवेदीले समाज रुपान्तरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।