पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिशूलीमा बस दुर्घटनाः ९ जनाको शव फेला, २० जना अझैं बेपता 

धादिङ । धादिङको बेनिघाटमा हिजो यात्रुवाहक बस त्रिसुली नदीमा खसेर भएको दूर्घटनाका  मृतक नौ जनाको शव फेला परेको छ । बस दूर्घटनामा अभै २० जना हराइरहेका र खोजी भैरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको कृष्ण यातायातको बस तिब्र गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । हराइरहेका यात्रुमध्ये ६ जनाको शव चितवनको देवघाट, मुग्लीन, जुगेडी र नवलपरासीमा भेटिएको छ । 
मृतक मध्ये पाँच जनाको सनाखत भएको छ । जसमा सर्लाहीका २५ वर्षीया अजय दास, विजय कुर्मी, बसका सहचालक ऋषि उप्रेती, कृष्णभिर नजिकै फेला परेका सर्लाही मलंगवा १ का ४० वर्षिया सुनिल कुमार श्रीवास्ताव र उनकी ३५ वर्षिया श्रीमती निमा श्रीवास्ताव रहेको प्रहरीले जनाएको छ । 
दुर्घटनाका घाइते १६ जनालाई उद्धारपछि थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । 
लामो दुरीको यात्रामा अनिवार्य रुपमा दुइ जना चालक हुनुपर्ने व्यवस्थाको पालना नहुँदा दूर्घटना भएको र यसको पालनाका लागि यातायात व्यवसायी ट्राफिक प्रहरी र स्वयम् बसका चालकहरु नै गम्भीर हुनुपर्ने खाँचो देखिन्छ ।