पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने

अजय बम । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसकेपनि टेष्ट राष्ट्र आयरल्यान्डसहित पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने भएको छ ।

ओमान क्रिकेटको आयोजनामा ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान सहित टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने छन् । 

नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा छ । नेपालले अन्तराष्ट्रिय स्तरमा जनाउने सबै प्रतियोगितामा आईसीसीको रेख देखमा प्रतिस्पर्धा गर्दै आएको छ ।

नेपाल दुई साता अघि सिंगापुरमा सम्पन्न आईसीसी टि २० विश्वकप छनोटमा सिंगापुर र कतारसँग पराजित हुँदै बाहिरिएको थियो । यसका बाबजुद पनि आईसीसीले नेपाललाई प्रतियोगिता खेल्ने स्वीकृति दिएको हो ।