पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले चारै खेल दशरथ रंगशालामा खेल्न पाउने

अजय बम । विश्वकप छनोट प्रतियोगिताको पहिलो खेल तीनवटा खेल अवे खेल्ने भएको छ । 

पहिलो म्याच कुवेतमा खेलाउनका लागि अखिल नेपाल फुटबल संघले गरेको प्रस्ताव कुवेत फुटबल संघले स्वीकार गरेपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने भएको हो ।

शुक्रबार विहान कुवेतले नेपालको प्रस्ताव स्वीकृत गरेको थियो । कुवेतको यो कदम पछि नेपालले चारवटै खेल दशरथ रंगशालामा खेल्न पाउने भएको छ । 

अखिल नेपाल फुटबल संघले चाइनिज ताइपेई, जोर्डन र कुवेतलाई नेपालको होम म्याच हुनु पर्ने समयमा अवे खेलका लागि अनुरोध गरेको थियो । 

जोर्डन र कतार यसअघि नै सहमत भइसकेपनि कतारले जवाफ दिएको थिएन । कुवेतले दुबै म्याच कुवेतमा खेलाउन प्रस्ताव गरेको थियो । 

तर फिफा र एएफसीले यसलाई मान्यता नदिएपछि कुवेत नेपालको प्रस्तावमा सकारात्मक बनेको हो । अब नेपालमा खेल्ने तय भएको कुवेतविरुद्धको खेल कुवेतको मैदानमा हुनेछ । 

कुवेतमा मंसिर ३ गते तय भएको खेल भने दशरथ रंगशालामा हुनेछ ।

अष्ट्रेलिया र नेपालबीचको खेलको तालिकामा भने कुनै परिवर्तन भएको छैन ।

नेपालले  भदौ १९ गते कुवेत सँग कुवेतमा, खेल्ने छ । चाइनिज ताईपेई सँग नेपालले भदौ २४ गते चाइनिज ताइपेईमा खेल हुनेछ त्यसैगरी जोर्डन सँगको खेल नेपाल असोज २८ गते जोर्डनमै हुनेछ । 

नेपालले कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ ।  नेपालले चाइनिज ताइपेई सँग चैत १२ गते आफ्नै मैदान दशरथ रंगशालामामै खेल्दै नेपालले जोर्डन सँगको जेठ २१ गते अन्तिम खेल दशरथ रंगशालामा मै खेल्ने तालिका रहेको छ ।