पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्याङ्जामा विप्लव समूहका दुईजना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले हतियार, विष्फोटक पदार्थ र प्रतिबन्धित दस्तावेजसहित विप्लव समूहका दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजयकुमार सिंहका अनुसार, भीरकोट नगरपालिकाका ४६ वर्षीय शिव दर्लामी र भीरकोट घर भई हाल वालिङ बस्ने मोहन सिंजाली पक्राउ परेका हुन् .
शिव दर्लामीलाई गल्याङ ३ मा शंकास्पद गतिबिधि गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट विप्लब समूहका विभिन्न दस्तावेज, विभिन्न व्यक्तिबाट चन्दा माग गरेका आठथान लेटर प्याड समेत फेला परेको प्रहरीले जनाएको छ ।
निजसँगको सोधपूछबाट मोहन सिंजालीसमेत संलग्न रहेको पाइएकोले निजलाई समेत पक्राउ गरीएको जानकारी प्रहरीले दिएको छ ।
शिव दर्लामीका गोठ तथा धन्सारबाट एयरगन एकथान, बम जस्तो देखिने आइइडि पाँचथान, चन्दा उठाउने रसिद प्याड एकथान, सदस्यता रसिद ती ठेलीसहित विप्लव समूहका दस्तावेज बरामद गरिएको प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभयो ।
कला राना, रेडियो नेपाल