पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालमा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । 

जसमा नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्ने भएको छ । दुई पटकको च्याम्पियन नेपाल समुह ए मा रहेको छ । 

नेपालले दोस्रो खेल माल्दिभ्ससँग खेल्ने भएको छ । यस्तै समुहको तेस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी भुटान रहेको छ । 

समुहको शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

यही प्रतियोगिताका लागि नेपाली युवा टिमले केही दिन अगाडीबाट तयारी सुरु गरेको थियो । यसका साथै नेपाली टिमले केही दिन अगाडी मात्र पहिलो चरणका खेलाडी बोलाएको थियो ।

पहिलो चरणमा क्याम्पमा बोलाइएका खेलाडी रहेका छन् ।